दोलखामा बेरुजु ३७ करोड

चरिकोट –दोलखाका स्थानीय तहहरुको आर्थिक वर्ष २०७६÷०७७ को बेरुजु ३७ करोड आएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले उक्त आर्थिक बर्षमा दोलखाका ९ स्थानीय तहहरुको बेरुजु रकम ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ देखाएको छ । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाको कुल ८ अर्ब ५७ करोड ७४ लाख ५३ हजार रुपैयाँ लेखा परीक्षणमा उक्त बेरुजु प्रतिबेदन उल्लेख गरिएको छ ।
प्रतिबेदनमा स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिकाको बेरुजु सबै भन्दा बढी रहेको छ भने कालिन्चोक गाउँपालिकाको सबैभन्दा कम आएको छ । बैतेश्वर गाउँपालिकाको ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकोमा १२ करोड ४८ लाख ४२ हजार बेरुजु देखिएको छ । मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजारको लेखा परीक्षण गर्दा ४ करोड ३७ लाख ९८ , गौरीशंकर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार लेखा परीक्षण गर्दा ४ करोड १० लाख ४१ हजार तथा शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजारको लेखा परीक्षण गर्दा ४ करोड ४६ लाख ३५ हजार बेरुजु रहेको छ । यसैगरी विगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखा परिक्षण गर्दा २ करोड ६७ लाख ५८ हजार, जिरी नगरपालिकाको ८७ करोड ७२ लाख २० हजारको लेखा परिक्षण गर्दा २ करोड ९२ लाख ३१ हजार तथा भीमेश्वर नगरपालिकाको १ अर्व ६७ करोड ७४ लाख २० हजारको लेखा परीक्षण गरेकोमा ३ करोड ४६ लाख ७८ हजार बेरुजु पाइएको छ ।
यस्तै तामाकोशी गाउँपालिकाको १ अर्व ७ करोड ९५ लाख ६० हजारको लेखा परीक्षण गरीएकोमा १ करोड ८६ लाख ९५ हजार र कालिञ्चोक गाउँपालिकाको ९८ करोड ४२ लाख९४ हजारको लेखा परिक्षण गर्दा १ करोड ३० लाख १७ हजार देखिएको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

Shares

Be the first to comment on "दोलखामा बेरुजु ३७ करोड"

Leave a comment

Your email address will not be published.


*