दीक्षण समाचार÷ चरिकोट, –दोलखामा कोरोना विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्र खोप लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय एवम अनुगमन समितिको बैठकले जेठ २२ देखि २७ गते सम्म खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । सम्पूर्ण स्वास्थ्य संस्था तथा निर्धारित खोप केन्द्र मार्फत खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कोरोना महामारी अहिले साम्य भएपनि भविष्यमा फेरी नफर्किएला भन्न सकिन्न । त्यसैले कोरोना विरुद्ध लड्न र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न अनिवार्य रुपमा सबै मात्रामा खोप लगाउनुपर्ने कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । खोपले कोरोना संक्रमित हुने जोखिम घट्ने, कोरोना लागेपनि संक्रमित व्यक्तिहरुमा जटिलताहरु र मृत्युदर कम हुने भएकोले आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यान दिदैँ खोप कार्यक्रममा सहभागी भएर खोप लगाउन उहाँले अनुरोध गर्नुभयो “ कोरोना महामारी सकियो । अब त खोप लगाउन पर्दैन भनेर अटेरी भएर बस्नेले पछि पछुताउनुपर्ने हुन सक्छ । त्यसैले तोकिएको खोपहरु अनिवार्य रुपमा लगाउनुपर्ने हुन्छ । ”कार्यालय प्रमुख पौडेलका अनुसार दोस्रो मात्रा लगाएको ३ महिना पुरा भइसकेका १८ वर्ष माथिका सबै नागरिकहरुलाई बुस्टर मात्रा र १२ देखि १७ वर्ष सम्मका सबैलाई मोर्डना खोपको पहिलो मात्रा र मोर्डना खोपको दोस्रो मात्रा खोप लगाइने छ । जिरी नगरपालिका, शैलुङ, तामाकोशी र बैतेश्वर गाउँपालिकामा जेठ २२ र २३ गते र भीमेश्वर नगरपालिका, विगु, गौरीशंकर, कालिञ्चोक गाउँपालिकामा २५ र २६ गते खोप कार्यक्रम सञ्चालन हुने छ ।
दोलखामा बुस्टर खोप लगाइने
Posted By: दीक्षण दैनिक २० जेष्ठ २०७९, शुक्रबार १३:३९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा बुस्टर खोप लगाइने"