दोलखामा बन्दको सामान्य प्रभाव

दीक्षण समाचार
चरीकोट, फागुन ४
बुधबार एमसीसीको विरोधमा गरिएको नेपाल बन्दको प्रभाव दोलखामा भने देखिएन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा ६ वटा राजनितिक दलले आह्वान गरेको बन्द दोलखामा निष्प्रभावी भएको हो । सरकारले संसदमा एमसीसी टबुल गर्न लागेपछि त्यसको विरोधमा विभिन्न ६ दलले नेपाल बन्दको आह्वान गरेको थियो । तर दोलखामा भने बन्दको प्रभाव अति न्यून देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । ”बन्दको प्रभावमा अप्रिय घटना हुन नदिन बिहानै ठाउँठाउँमा प्रहरी तैनाथ भएका थिए । बन्दकर्ता कतै देखिएनन् । जिल्लामा बन्दको प्रभाव खासै रहेन ।“ उहाँले भन्नुभयो । जिल्लाका विभिन्न स्थानको बजारमा पसल, होटल लगायतका व्यापारव्यवासय अघिपछिको झैँ सञ्चालन भएको थियो । शैक्षिक संस्था बिहानै देखि खुलेका थिए । त्यसैगरी लामो तथा छोटो दुरीका सबै सवारी साधन हिजोअस्तीको तुलनामा केही कम चलेपनि कुनै बिनाअवरोध चलेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा बन्दको सामान्य प्रभाव"

Leave a comment

Your email address will not be published.


*