इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १
सवारी दुर्घटनाको प्रमुख कारण इन्जिनको खराबी, ट्राफिक नियमको उल्लघंन गर्नु, क्षमता भन्दा बढी बोकेर हिँड्नु, तिब्र गतिमा गाडी हाँक्नु, सवारी चलाउँदा मोबाइल चलाउनु हो, भने अर्काे मुख्य कारण चालकले मादक पदार्थ सेवन (मा.प.से) गरि सवारी चलाउनु हो । त्यसैले दुर्घटना न्युनिकरण अभियान अन्र्तगत ट्राफिक प्रहरीले विभिन्न बजार र ग्रामिण क्षेत्रको सडकमा चल्ने सवारीसाधनमा छड्के अनुगमन र मापसे चेकिङ गर्ने गरेको छ । चेकिङको क्रममा मापसे गरी सवारी चलाएको पाइएमा त्यस्ता चालकलाई ट्राफिक प्रहरीले नियमानुसार कारबाही पनि गर्ने गरेको छ । उक्त अभियानले मापसे गरेर सवारी चलाउनेको संख्यामा कमी आउने अपेक्षा राखिएको छ । त्यसले सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने ट्राफिक प्रहरीको दाबी छ । तर जिल्लामा सवारी चालकले मादक पदार्थ सेवन गरे–नगरेको चेकजाँच पुरानै शैलीमा हुने गरेको छ । ट्राफिक व्यवस्थापनमा परिचालित ट्राफिक प्रहरीले मेशिनको अभावमा मापसे चेकिङ पुरानै शैलीमा गर्ने गरेका छन् । ’ब्रेथलाइजर मेशिन‘ अभावमा चालकले मापसे गरे–नगरेको चेकजाँच चालकको ‘मुख सुँघेर’ गर्नुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरीहरुले बताएका छन् । तर याे समयमा कोरोना महामारी फैलिरहेकोले मापसे चेकिङ प्रभावकारी भएको छैन् । चालकले मादक पदार्थ सेवन गरेको शंका लागेमा वा अत्यावश्यक अवस्थामा मात्रै मापसे चेकिङ गरिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताए । जिल्लामा दिनप्रतिदिन सवारी साधनको चाप बढिरहेको छ । तर आवश्यक सामग्रीको अभावले ट्राफिक व्यवस्थापन चुनौतिपुर्ण बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताए । “ हामीसँग टल्कने ज्याकेट भने रहेको छ । तर मापसे चेकिङ मेशिनको अभाव छ । यसको प्राप्तिका लागि स्थानीय सरकारसँग आवश्यक समन्वय र पहल गरिरहेको छु । अबको केही महिनामा मेशिन प्राप्त गर्ने छौँ ।” ट्राफिक प्रहरीले अनुगमन तथा छड्के जाँच नगर्ने वा कारबाही नगर्ने हो भने झन् सवारी उश्रृङखला बढ्न जान्छ । कोरोना महामारीमा मापसे चेकिङ मेशिनको अभावमा मापसे जाँच कम गरिएको छ । तथापी अनुगमन र निगरानीलाई तिब्र पार्दै नियमित चुस्त सेवा प्रवाह गरिरहेको ट्राफिक प्रहरीले बताएका छन् ।
Be the first to comment on "दाेलखामा ब्रेथलाइजर मेशिनकाे अभाव ः मुख सुँघुेरै मापसे चेकिङ"