ईस्वर विक /चरिकोट, यसअघि दोलखाका शंकास्पद व्यक्तिमा कोरोना भाइरस छ, कि छैन भनेर पुष्टि गर्न उक्त व्यक्तिको नमूना स्वाब संकलन गरी पीसिआर परीक्षणका लागि धुलिखेल पठाइन्थ्यो । पठाएको नमूना स्वाबको नजिता प्राप्त गर्न कहिलेकाँही त एक साता नै कुर्नु पथ्र्याे । जसले गर्दा स्वाब दिएका व्यक्तिहरुले मानसिक तनाव भोग्नुपर्दथ्यो तर अब यस्तो अवस्थाको अन्त्य हुने भएको छ । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा पिसीआर मेशिन जडान गरिदैँछ । भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम बहादुर खड्काका अनुसार पिसीआर मेशिन मापदण्ड अनुसार जडान कार्य सुरु गरिएको छ । मेशिन जडानपश्चात् स्वाब परीक्षण कार्यलाई तीव्रता दिइनेछ । मेसिन सञ्चालनलागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि धुलिखेल अस्पतालसँग सहयोग लिईने स्वास्थ्य संयोजक खड्काले बताए । पिसिआर मेशिन खरीदका लागि १ करोड ५० लाख रुपैयाँ प्राप्त भएकोमा ९४ लाखमा मेशिन खरीद गरी जडान कार्य सुरु गरिएको हो । संघिय सांसद पार्वत गुरुङ, प्रदेश सांसदहरु विशाल खड्का र पशुपति चौलागाईँमार्फत पुर्वाधार विकास साझेदार कार्यक्रमबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो । पीसीआर मेशिन सञ्चालनमा आउने खबरले स्थानीयहरु उत्साहित भएका छन् ।
दोलखामा पीसिआर मेसिन जोडिदै
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ३१ चैत्र २०७७, मंगलवार ११:२४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा पीसिआर मेसिन जोडिदै"