दोलखामा पनि राष्ट्रिय जनगणनाको तयारी

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष ११
दोलखामा पनि राष्ट्रिय जनगणना २०७८ को तयारी गरिएको छ ।
शुत्रबार चरिकोटमा एक अन्तरक्रिया कार्यक्रम गर्दै मेरो गणना, मेरो सहभागिता भन्ने नारासाष्थ जनगणनाको तयारी सूरु गरिएको हो ।
अन्तरक्रिया गोष्ठीमा नेपालमा जनगणना, जनगणनाको सूरुवात, प्रक्रिया, स्राेतजनशक्ति, गणकहरुको भूमिका, चूनौती लगायतको विषयमा तथ्याङ्क कार्यालय काभ्रेपलाञ्चोकका तथ्याङ्क अधिकृत विमल कुमार यादवले सहजीकरण गरे ।
जनगणनाले जनसंख्याका साथै आर्थिक, सामाजिक, सांस्कृतिक, जातीगत विषयहरुको तथ्य र सत्यपरक तथ्याङ्क आउने लक्ष्य राखिएको छ ।
गोष्ठीमा दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जनगणना संवेदनशिल विषय भएकाले सबैले आफ्नो तर्फबाट सहयोग गर्नूपर्ने बताए । उनले जनगणना सम्बन्धी उचित शिक्षा  दिइ सहि तथ्यपरक  जनगणना हुनुपर्ने बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जो व्यक्ति जुन् स्थानमा जन्मीएको हो सोही स्थानबाटै जनगणनामा सहभागी हुन आग्रह गरे ।
तथ्याङ्क कार्यालय काभ्रेपलाञ्चोक धुलिखेल र जिल्ला समन्वय समितिको समन्वयमा आयोजित गोष्ठीमा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी, कार्यालयका प्रमुख, कर्मचारी, सामाजिक अभियान्ता, संचारक्रर्मी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा पनि राष्ट्रिय जनगणनाको तयारी"

Leave a comment

Your email address will not be published.


*