चरिकोट (दीस) –दोलखामा नेपाल टेलिकमको सेवा आज विहान देखी अबरुद्ध भएको छ । आज विहान देखी दोलखामा टेलिकमका दुबै मोवाइल सेवामा अबरुद्ध भएको छ । दुवै सेवामा नेटवर्क बन्द रहेको छ । टेलिकमका प्रयोगकर्ता सञ्चार बिच्छेद भएका छन् । दोलखाको सदरमुकाम चरिकोटमा ३ देखी टेलिकमको ल्याण्ड लाइन र अडियसियल सेवा अबरुद्ध भएको छ । चरिकोटमा पशुपति डाँडा देखी नगरपालिका जाने सडक सुधार गर्ने क्रममा निर्माण व्यवसायीले टेलिकमको फाइबर भत्काएकोले चरिकोटमा ३ दिन देखी अडियसियल र ल्याण्ड सेवा अबरुद्ध भएको टेलिकम दोलखाले बताएको छ ।
दोलखामा टेलिकमकाे नेतृत्व परिवर्तन सँगै सेवामा गुणस्तर घटेको स्थानीय भनाई रहेको छ । पत्रकार रमेश खतिवडाले टेलिकम सेवामा अहिले गुणस्तर कमी आएको बताए । दोलखामा पछिल्लो पटक सरकारले स्मार्ट जिल्ला घोषणा गरेर काम गरेको बताउदै आएपनि गुणस्तर कम हुदै आएको स्थानीय भनाई रहेको छ ।
Be the first to comment on "दोलखामा नेपाल टेलिकम सेवा आज विहान देखी अबरुद्ध"