दीक्षण समाचार
चरिकोट, मंसिर २२
दोलखामा यो वर्ष धान उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष ३ सय १९ दशमलव ११ मेट्रिकटन कम धान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका अनुसार यो वर्ष वर्ष २ हजार ९ सय ३१ हेक्ट्रर क्षेत्रफलमा सात हजार ३ सय ३९ दशमवल ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष सात हजार ६ सय ५८ दशमलव ६४ मेट्रिकटन धान उत्पादन भएको थियो । कार्यालय प्रमुख, कृषि विकास अधिकृत नन्दराज ओलीलले किसानहरूले गुणस्तरीय बीउ प्रयोग नगर्नु, मलको अभाव, अधिक वर्षा, रोगको प्रकोप लगायतका कारणले जिल्लामा धान उत्पादन घटेको बताउनु भयो । “किसानहरुले आफुखुसी धानको बिउ प्रयोग गरे । रासायनिक मलको अभावमै धान रोपे ।” उहाँले भन्नुभयो, “धानमा फूल लागेको समयमा अत्यधिक बर्षाका कारण फूल झर्दा परागसेचन हुन पाएन । मरुवा रोगको प्रकोप पनि फैलियो । जसकारण धान उत्पादनमा कमी आएको हो ।”
Be the first to comment on "दोलखामा धान उत्पादनमा कमी"