इश्वर बिश्वकर्मा, चरिकोट,/दोलखामा गत वर्षको तुलनामा यो बर्ष धान उत्पादन बढेको छ । गत वर्ष २ हजार ९ सय ८९ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७ हजार ४ सय ७२. ५ मेट्रिक टन धान उत्पादन भएके थियो । यो बर्ष २ हजार ९ सय ८९ हेक्टर क्षेत्रफलमैं धान खेती हुदाँ ८ हजार ५ सय ४८. ५४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको र समयमै रोपाइँ भएकोले उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत नन्दराज ओलीले बताए ।लकडाउनमा फुर्सदिला भएका किसानहरुले समेत धान रोपेकोले धान उत्पादनमा बृद्धि भएको हो । जिल्लामा लगाइएको धानबालीमा कालीपोके, फेद कुहिने लगायतको रोग देखिएको थियो । तर त्यसले समग्रमा धान उत्पादनमा गिरावट नभएको कृषि प्रसार अधिकृत ओलीले बताए । विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । तर यो बर्ष अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकोले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् ।भीमेश्वर, जिरी नगरपालिका, बैतेश्वर, कालिञ्चोक, विगु लगायतको तल्लो भुभागमा धान बाली लगाइन्छ। कतिपय स्थानीय तहले किसानलाई प्रोत्साहन गर्न धानको बीउ वितरण गरेका थिए ।जिल्लामा बढिमात्रामा हाइब्रिड, पोखरेली, खुमल ४, ८ र १० लगायतका जातको धान लगाइएको थियो । यसैबिच धान भण्डारण गर्दा धानलाई ३÷४ घाम राम्ररी सुकाएर राम्रो किसिमको भकारी अथवा बोरा आदिलाई जमिन मुनिको चिस्यान नआउने गरी काठ विच्छ्याई राख्नु पर्ने कृषि प्रसार अधिकृत ओली बताउँछन् । मुसा तथा किरा नियन्त्रणका लागि भण्डारको सरसफाईमा ध्यान दिनुको साथै कृषि प्राविधिकको सल्लाहमा क्षतिको किसिम हेरी विषादीको पनि प्रयोग गर्न सुझाव दिएका छन् । समय समयमा धान भण्डारणको निरिक्षण गर्नुपर्ने उनि बताउछन् ।
दोलखामा धानको उत्पादन बढ्यो
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक २० मंसिर २०७७, शनिबार १३:४३
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "दोलखामा धानको उत्पादन बढ्यो"