चरिकोट(दीस) ः दोलखामा दुईसय जना प्राथमिक शिक्षकको स्थायी नियुक्ति गरिएको छ । मंगलवार एक कार्यक्रमका विच हालै शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका उनीहरुलाई स्थायी नियुक्ति गरिएको हो ।
जिल्लाका नौ स्थानीय तहरुका विभिन्न विद्यालयमा पदस्थापन गर्ने गरी नौ वटा स्थानीयतहहरुमा रिक्त दुई सय दरवन्दीमा शिक्षक सेवा आयोगको सिफारिस अनुसार स्थायी नियुक्ति गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । स्थायी नियुक्ति गर्दा स्थानीय तह तोकी नियुक्ति गरिएको उहाँको भनाई रहेको छ । समन्वय इकाईले स्थानीय तहमा सिफारिस गरी नियुक्ति गरेपछि सम्बन्धित स्थानीय तहले विद्यालयमा पदस्थापन गर्ने कानुनी ब्यवस्था रहेको छ ।
Be the first to comment on "दोलखामा दुईसय प्राथमिक शिक्षकको स्थायी नियुक्ति"