दोलखामा थप ८ जनालाई कोरोना संक्रमण

चरिकोट — दोलखामा अाज  थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट २८ जनाको स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाईएकोमा ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

जसमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् । जसमा शैलुङ गाउँपालिकाका २ जना पुरुष र २ जना महिला रहेका छन् । दुई जना बैंकका कर्मचारी र अन्य स्थानीयलाई कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लाका कोरोना संक्रमित हुनेको संख्या २ सय १८ पुगेको छ । जसमध्ये १ सय २० जना निको भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा थप ८ जनालाई कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*