चरिकोट (दीस)– दोलखामा थप ५ दिन लकडाउन थप भएको छ । आज संङकट ब्यवस्थापन समितीको बैठकले दोलखामा थप ५ दिन लकडाउन थपेको हो ।
दोलखामा पछिल्लो पटक कोरोना संक्रमण बढेसँगै साउन ३१ गतेबाट दोलखामा गरेको लकडाउन आज बेलुकाबाट सकिदै थियो । जिल्लामा संक्रमित को संख्या बढी रहेका कारण लकडाउन थप गरि १५ गतेसम्म गर्ने भएको हो । कोरोना भाइरस को जोखिम बढेको र नियन्त्रणका लागि आजको बैठकले भदौ १५ गते सम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
Be the first to comment on "दोलखामा थप ५ दिन लकडाउन"