दोलखामा थप चार जनामा कोरोना संक्रमण पुष्टि

चरिकोट (दीस) –दोलखामा थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार गत १३ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटबाट १५ जनाको स्वाब संकलन गरि पिसीआर टेष्ट गर्दा २ पुरुष र २ महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए  ।

नेपालमा थप ७०८ जनामा कोरोना पुष्टि

नेपालमा थप ७०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७०८ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५९ हजार ५४८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५१ हजार ३१२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.८ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख २१ हजार ३६७ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ३६५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ६ हजार ३९६ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "दोलखामा थप चार जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*