चरिकोट (दीस) –दोलखामा थप एक जनामा काेराेना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार तामाकोसी गाउँपालिकाका आज एक जनामा संक्रमण भएको हो ।
नेपालमा एकैदिन अहिलेसम्मकै धेरै ३४ सय ३९ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३४ सय ३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय २६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६८ हजार ६६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२.९ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार २०९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख १३ हजार ४८५ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ४ हजार १६४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १४ हजार ४११ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ३७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २३३ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा आज १६८४ जना कोरोना संक्रमित
काठमाडौँ उपत्यकामा आज १६८४ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित भेटिएका छन् ।
कोरोनाबाट काठमाडौँका ६ सहित थप १५ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।
मृत्यु हुने काठमाडौँका ६ जना रहेका छन् भने मोरङका २ जना, सिरहा, रौतहट, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङका एक एक जना रहेका छन् ।
मृत्यु हुने महिलामा काठमाडौँका २ जना ६६ र ७२ बर्षका महिला छन् भने सिराहा, रौतहटकी ७२ बर्षकी महिला र दाङकी ७१ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ४ जना ४५, ५३, ६४ र ६९ बर्षका रहेका छन् भने मोरङका दुई जना ४० र ६० बर्षका रहेका छन् । त्यस्तै ललितपुरका ४६ बर्षका, चितवनका ६१ बर्षका, रुपन्देहीका ५५ बर्षका र नवलपरासीका ७६ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Be the first to comment on "दोलखामा थप एक जनामा काेराेना संक्रमण"