चरिकोट (दीस) –दोलखामा थप आज २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार १३ जना पुरुष र ९ जना महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । चरिकोट अस्पतालमा गरिएको पीसिआर परिक्षणमा भीमेश्वर नगरपालिकाका ६ जना पुरुष र ६ जना महिला, शैलुङ गाउँपालिकाका २ पुरुष, १ महिला, मेलुङ गाउँपालिकाका २ पुरुष र १ महिला र विगु गाउँपालिकाका १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैगरी धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २ जना पुरुष र १ महिलाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । सबै संक्रमित होम आइसोलेसनमा बसीरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । आज थपिएका २२ नयाँ संक्रमित सँगै जिल्लामा ७१ पुरुष र ४० महिला सहित सक्रिय संक्रमितको संख्या १ सय ११ पुगेको छ । जसमध्ये ४ महिला र ३ पुरुष गरि कुल ७ जना अस्पतालको आइसोलेशनमा उपचाररत छन् भने ६८ पुरुष र ३६ महिला गरि १ सय ४ जना होम आइसोलेसनमा बसीरहेका छन् । स्वास्थ्य कार्यालय दोलखाका अनुसार भीमेश्वर नगरपालिकामा १६ महिला र २६ पुरुष गरी ४२ जना, जिरी नगरपालिकामा १४ पुरुष र ६ महिला गरी २० जना, कालिन्चोक गाउँपालिकामा १२ पुरुष र ३ जना महिला गरि १५ जना, विगु गाउँपालिकामा २ जना, तामाकोशी गाउँपालिकामा ४ महिला र ३ पुरुष गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि शैलुङ गाउँपालिकामा ९ जना महिला र १० जना पुरुष गरि १९ जना, मेलुङ गाउँपालिकामा २ पुरुष र एक महिला गरि ३ जना, वैत्यश्वर गाउँपालिकामा २ पुरुष र १ महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Be the first to comment on "दोलखामा थप आज २२ जनामा कोरोना संक्रमण पुष्टिः सक्रिय संक्रमित १ सय ११ जना पुगे"