दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो

चरिकोट(दीस)ः चाड पर्वको मौका पारेर मनलाग्दी भाडा असुुली गरेको गुनासो बढेसँगै जिल्ला ट्राफिक कार्यालय दोलखाको सकृयता बढेको छ । सवारी साधनहरुले बढी भाडा असुल गरेको गुनासो बढेसँगै ट्राफिकको सक्रियता बढेको हो । विहिवार एकैदिन २० वटा भन्दा बढी सवारीसाधनलाई बिना टिकटमा यात्रु बोकेको भन्दै कारवाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो । यात्रुलाई सार्वजनिक यातायातले बढी भाडा लिएको बारेमा बुझ्दा यात्रुले ट्राफिक प्रहरीसँग बोल्न हिचकिचाएको उहाँको भनाई रहेको छ । तर यो अभियान भने निरन्तर रहने उहाँको भनाई रहेको छ ।

 

Shares

Be the first to comment on "दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो"

Leave a comment

Your email address will not be published.


*