दोलखामा टाइफाइड विरुद्ध खोप अभियान उत्साहजक

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ८
दोलखामा टाइफाइड रोग विरुद्धको खोप अभियान उत्साहजनक भएको छ । गत वर्षको चैत्र २५ गतेदेखि सुरु भएको खोप अभियान उत्साहजनक भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अभियान सुरु भएदेखि बैशाख ५ सम्म ३७ हजार ८ सय ४४ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइएको छ । १५ देखि २३ महिनासम्मका १ हजार ५२ र दुई वर्ष देखि १५ वर्षसम्मका ३६ हजार ९२ जनालाई खोप लगाइएको हो । खोप अभियानमा ८८ दशमलब ६३ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ । खोप लगाएका दुबै उमेर सुमहलाई पालिकागत विववरण रुपमा हेर्दा सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा ८ हजार ९ सय ९४ जना र सबैभन्दा कम शैलुङ गाउँपालिका दुई हजार ७ सय ७१ जना बालबालिकाले खोप लगाएका छन् । जिरी नगरपालिकामा तीन हजार १ सय ६२, कालिञ्चोक गाउँपालिकामा पाँच हजार ३ सय १४, गौरीशंकर गाउँपालिकामा दुई हजार ९ सय १८, विगु गाउँपालिकामा तीन हजार ५ सय ५२, तामाकोशी गाउँपालिकामा तीन हजार ३ सय ७५, मेलुङ गाउँपालिकामा तीन हजार ३ सय ११ र बैतेश्वर गाउँपालिकामा तीन हजार ३ सय ४८ जना बालबालिकाले खोप लगाएका छन् । जिल्लामा ४२ हजार ७ सय जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ। अब ४ हजार ८ सय ५६ जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । उहाँले खोप अभियान उत्साहजनक भएको सुनाउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा टाइफाइड विरुद्ध खोप अभियान उत्साहजक"

Leave a comment

Your email address will not be published.


*