ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २३
दोलखामा जिल्ला समन्वय समितिको निर्वाचन असार १ गते हुने भएको छ । गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको १५ दिन भित्र निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार दोलखामा जिससको निर्वाचन हुन लागेको हो । मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेका अनुसार असर १ गते निर्वाचन सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक भईसकेको उहाँले बताउनुभयो ।
कार्यतालिका अनुसार जेठ २४ गते नामावली प्रकाशन गर्ने, २६ गते नामावली सच्याउन वा संशोधन गर्ने, २७ गते मतदाताको नामावलीमा उजुरी दिने तथा अन्तिम नामावली प्रकाशन हुने छ । त्यसैगरी २८ गते मनोनयन दर्ता, २९ गते उम्मेदावारको विरुद्ध दाबी विरोध गर्ने र ३० गते उम्मेवारलाई चिह्न प्रदान गरिने छ । कार्यतालिका अनुसार मुख्य कार्य जिसस निर्वाचन हुने र सोही दिनबाट मतगणना सुरु हुने छ । जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । दोलखामा १८ मतदाता रहेका छन् । समन्वय समितिमा कुनै पनि पार्टीको एकल बहुमत नभएपछि राजनीतिक दलका बीचमा गठबन्धन गरी समन्वय समितिको निर्वाचन हुने बताइएको छ ।
नौ सदस्यीय जिससको गठन पछि जिल्ला सभा गठन हुने छ । यसको प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ। जिससले जिल्ला स्थित पालिकाहरुको समन्वय, सहकार्य गर्ने, विकास निर्माणको अनुगमन गर्ने लगायतका समन्वयकारी भूमिका निर्वाह गर्दछ । जिल्ला सभा वर्ष १ पटक सभा गर्ने गर्दछ ।
Be the first to comment on "दोलखामा जिसस निर्वाचनकाे प्रक्रिया सुरु"