दोलखामा चुनावमा तीन दलिय गठबन्धन गर्न छलफल सुरु

दीक्षण समाचार
चरिकोट, चैत्र २२
दोलखामा तीन दलबीच तालमेलका विषयमा छलफल सुरु भएको छ । आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच एकताबद्ध हुने गरी जिल्लामा छलफल सुरु भएको हो ।
आगामी निर्वाचनमा तीन दलसँगै मिलेर जान सहमति र निर्णयका लागि जिल्ला स्तरीय नेताहरु बीच पहिलो चरणको छलफल सोमबार गरिएको कांग्रेस सभापति बर्मा लामाले सुनाउनुभयो । ”केन्द्रको परिपत्र अनुसार दोलखामा पनि तीन दलहरु चुनावी तालमेलका लागि दुई चरणको छलफल सुरु भएको छ ।“ सभापति लामाले भन्नुभयो ”पहिलो चरण अन्तर्गत आज सम्पन्न बैठकले आआफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको बारेमा जानकारी दिइएको र सोही संगठनको आकारका आधारमा मिलेर जाने निर्णय गरिएको छ । दोस्रो छलफलबाट थप निचोड र निष्कर्षमा पुग्न सकिन्छ ।“ दोस्रो चरणको छलफलले कुन–कुन स्थानीय तहमा कसरी गठबन्धन गर्ने भन्ने विषयमा आधार पत्ता लगाउने र तालमेलका साथ चुनावमा होमिन तयारी गरिने सभापति लामाले बताउनुभयो । बैठकमा कांग्रेसका नेताहरु तारा बहादुर कोइराला, रुद्र बहादुर खड्का, तारा कुमार खड्का र केशवराज चौलागाईँ सहभागि हुनुभएको थियो । माओवादी केन्द्रबाट नेताहरु गोपाल पाण्डे र नर पाख्रिन र नेकपा एकिकृत समाजवादीबाट नेताहरु शिवप्रसाद भण्डारी, प्रोण प्रताव केसी र दिनेश शिवाकोटी हुनुभएको थियो । केन्द्रीयस्तरबाट सुरु भएको गठबन्धन जिल्ला हुँदै पालिका र वडा सम्म हुने गरि छलफल सुरु भएको नेताहरुले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखामा चुनावमा तीन दलिय गठबन्धन गर्न छलफल सुरु"

Leave a comment

Your email address will not be published.


*