इश्वर बिश्वकर्मा चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले घाँस उत्पादन बृद्धिका लागि विभिन्न शिर्षकमा अनुदान दिने भएको छ । दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको केन्द्रले दुबै जिल्लामा उन्नत जातको घाँस अभाव रहेकोले घाँस उत्पादन बृद्धिका लागि चालु आर्थिक वर्ष अनुदानको व्यवस्था गरेको हो । पछिल्ला वर्षहरुमा पशुपालन तर्फ किसानहरुको आकर्षण बढेको छ । जसले गर्दा पशुहरुको आहारा व्यवस्थापनमा पनि चुनौती थपिदैँ गएको छ । त्यसैले अनुदान कार्यक्रमअन्तर्गत हिउँदे वर्षे तथा बुहवर्षीय घाँस उत्पादन गर्न विभिन्न शिर्षकमा कृषकहरुलाई आकर्षक अनुदानको व्यवस्था गरिएको केन्द्रका डाक्टर निशान्त शर्माले बताए । घाँस उत्पादन बृद्धिको उद्धेश्यसहित हिउँदे बर्षे बहुवर्षीय घाँसको बिज, बिउ तथा बेर्ना बृद्धि कार्यक्रम, घाँसको नर्सरी स्थापना, बाँझो जमिन घाँस खेती प्रोत्साहन कार्यक्रम लगायत गरि ५ प्रकारका कार्यक्रम गरिने उनले बताए । हिउँदे बर्षे बहुवर्षीय घाँसको बिज, बिउ तथा बेर्ना बृद्धि कार्यक्रम लागि ३ लाख, ५० प्रतिशत साझेदारीमा घाँसको नर्सरी स्थापना कार्यक्रमका लागि ३ लाख रुपैँया खर्च गरिने छ । बाँझो जमिनमा घाँस खेती प्रोत्साहन कार्यक्रमका लागि २ लाख र कबुलियति वन तथा पशु विकास कार्यक्रमका लागि २० लाख रुपैँया विनियोजन गरिएको पशु विज्ञ केन्द्रका डाक्टर शर्माले बताए ।
१० प्रकारको मेशिनरी औजार तथा उपकरण वितरण गरिने
पशु विज्ञ केन्द्रले १० प्रकारको मेशिनरी औजार तथा उपकरण वितरण गर्ने भएको छ । किसानहरुसँगको ५० प्रतिशत साझेदारीमा पशुपन्छी मत्स्य पालन एवं उत्पादनमा प्रयोग हुने मेशिनरी औजार तथा उपकरण वितरण गर्ने भएको हो । उक्त कार्यक्रमका लागि १५ लाख रुपैयाँ रहेको विज्ञ केन्द्रका डाक्टर शर्माले बताए । कार्यक्रम अन्तर्गत डिपेन्ट टैंक, पनिर छुर्पि प्रेसर मेसिन, एरियटर, क्लिन सेप्रेर मेशिन, ग्राइन्डर, कम्माइन्ड मिल, कम्प्रेसर वाटर पम्प, च्याप कटर लगायतका औजार तथा उपकरण किसानहरुलाई अनुदानमा वितरण गरिने उनले बताए । उनका अनुसार अघिल्लो वर्ष १ करोड ५० लाख रुपैयाँ भन्दा बढि रकमको अनुदान कार्यक्रम गरिएको थियो । तर चालु बर्ष ४२ लाखको मात्र अनुदानको कार्यक्रम गरिने छ । अनुदान प्राप्त गर्नका लागि छनौटमा परेका कृषक तथा कबुलियति वन उपभोक्ता समुहलाई छिट्टै वितरण गरिने विज्ञ केन्द्रले जनाएको छ ।
Be the first to comment on "दोलखामा घाँस उत्पादनमा अनुदान दिने"