दोलखामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट १४ जेठ
दोलखा सदरमुकाम चरिकोटमा गणतन्त्रको अवसर पारि खुल्ला क्रिकेट प्रतियोगिता २०७६ सुरु भएको छ ।  प्रतियोगिताको पुर्व नागरिक उड्यन तथा पर्यटन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि नेकपाका ३ प्रदेशका सचिवआनन्द प्रसाद पोखरेलले उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा पोखरेलले राष्ट्रियता, सुशासनका निम्ती खेल क्षेत्रले सहयोग पु¥याएको बताए । यस्ता प्रतियोगिताको आयोजनाले दोलखाकोे गरिमा अझै बढाउने पनि पोखरेलले बताएका छन् ।
त्यसैगरी उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डले खेलको माध्यमबाट जिल्लालाई मात्रै नभई,प्रदेश र देशलाई नै विश्वसामु परिचित गराउन खेलाडिहरु अग्रसर हुनुपर्ने बताए । उद्घाटन समारोहमा जिल्ला रेडक्रस दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल, दोलखा क्रिकेट संघका अध्यक्ष सन्तोष पोखरेल, दोलखा फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ, मदन भण्डारी फाउण्डेसन दोलखाका सचिव रोहित खड्का लगायतको उपस्थिती थियो । क्रिकेट प्रतियोगितामा दोलखाका ९ समुहको उपस्थिति रहने छ ।दोलखा जिल्ला क्रिकेट संघ आयोजक रहेको उक्त खेल जेष्ठ १७ गतेसम्म सञ्चालन रहने छ।उक्त प्रतियोगिताका विजेताले नगद ५५ हजार ५ सय रुपैंया सहित शिल्ड, मेडल र प्रमाणप्रत्र प्राप्त गर्नेछ् । उपविजेताले नगद २५हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र पा्रप्त गर्ने क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पाखरेलले जानकारि दिएका छन् । त्यसैगरी उद्घाटन खेल सोमबारै भएको छ ।त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोट र न्यु जेनेरेसन विकास क्लब सिंगटी बिच भएको थियो ।

Shares

Be the first to comment on "दोलखामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*