चरिकोट(दीस) ः दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना गरिएको छ। शनिबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काप्mलेले एक समारोहका बीच कार्यालयको उद्घाटन गर्नुभयो। मन्त्री काफ्लेले “खानेपानी भनेको नागरिकको मौलिक अधिकार रहेको बताउदै मन्त्री काफ्लेले नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले थोरै खर्चमा संघीयताको नमुना अनुसार काम गर्न कार्यालयलाई सुझाव दिनुभयो । अर्को प्रसंगमा मन्त्री काफ्लेले देशमा भौतिक निर्माणमा प्रगति भएको कुरा गर्दै विकासमा स्थायित्वको कमी रहेको बताउदै यसलाई सुधार्न आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री काफ्लेले प्रदेश सरकारको उद्देश्य भनेको जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउनु भएको बताउँदै उहाँले जनता खुसी भए मात्र सरकार सफल हुने बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्यले कार्यालयबाट सेवाग्राहीहरूले नजिकबाट सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले खानेपानीको काम गर्न स्थानीय तहसँग समन्वय गर्न आग्रह गर्नुभयो । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले दोलखामा खानेपानीको स्रोत पर्याप्त नभएको बताउँदै त्यसको व्यवस्थापन गर्न कार्यालयलाई सुझाव दिनुभयो । कार्यक्रममा कार्यालयका प्रमुख विजय कुमार यादव र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले पनि आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । बागमती प्रदेशका मन्त्रीपरिषद् बैठकले गत असोज १९ गते दोलखामा खानेपानी कार्यालयको स्थापना गर्ने निर्णय गरेको थियो। हाल यो कार्यालयमा नौ जनाको दरबन्दी कायम गरिएको छ । कर्मचारीको आउने क्रम जारी रहेको खानेपानी कार्यालयले जनाएको छ । यो आर्थिक बर्ष २०८१ ÷०८२ मा दोलखामा भौतिक पूर्वाधार कार्यालय पनि स्थापना भएको छ । खानेपानी कार्यालय स्थापना भएसँगै दोलखाका सेवाग्राहीले रामेछाप जाने तथा भौतिक पूर्वाधारकार्यालय स्थापना भएसँगै सेवाग्राही सिन्धुपाल्चोक जाने बाध्यता हटेको छ । दोलखाका स्थानीय नागरिकले कृषि कार्यालय पनि दोलखामा स्थापना गर्न माग गर्दै आएका छन् ।
Be the first to comment on "दोलखामा खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयको स्थापना"