दीक्षण समाचार /चरिकोट,–कोरोना महामारीबाट प्रभावित दोलखाका चार हजार आठ सय २५ अति विपन्न घरपरिवारले राहत पाउने भएका छन् । कोरोनोले रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङगठित क्षेत्रमा रहेका अतिविपन्न घरपरिवारले एक पटक मात्र प्रतिपरिवार दश हजार रुपैयाँ राहत पाउने भएका हुन् । कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ अनुसार तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नको लागि राहत उपलब्ध गराउन लागिएको हो । प्रकाशित कार्यविधिमा दोलखाका नौ वटै स्थानीय तहका मापदण्ड पुगेका घरपरिवाले राहत पाउने जनाइएको छ । जिल्लाको अन्य पालिकाको तुलनामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा सात सय ५ घरपरिवारले राहत पाउने भएका छन् । मेलुङ गाउँपालिकाका पाँच सय ८०, शैलुङ गाउँपालिकाका पाँच सय ६६, कालिन्चोक गाउँपालिकाका पाँच सय ७४, बैतेश्वर गाउँपालिकाका पाँच सय ४४ जना राहत प्राप्त गर्ने लाभग्राहीमा परेका छन् । त्यसैगरी विगु गाउँपालिकामा पाँच सय ३५, तामाकोशी गाउँपालिकाका चार सय ६९, गौरीशंकर गाउँपालिकाका चार सय ४० र जिरी नगरपालिकाका चार सय १२ घरपरिवारले राहत पाउने छन् । विषेश गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका अति विपन्न, असहाय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवार राहत प्राप्त लाभग्राही हुन् । साथै, खुल्ला सडक, फुटपाथ, नाङ्लो पसल सञ्चालन गर्दै आएका, अतिविपन्न व्यवसायी र दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाढा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियालेसमेत राहत रकम पाउने कार्यविधिमा उल्लेख छ । विगु गाउँपालिकाका सूचना अधिकारी पूजनप्रसाद अधिकारीले राहत पाउन योग्य घरपरिवार पहिचानको लागि निवेदन संकलन कार्य वडास्तरबाट भईरहेको बताउनुभयो । कार्तिक २५ गतेदेखि सुरु भएको निवेदन संकलन कार्य १५ दिनसम्म जारी रहने छ । प्राप्त निवेदनमा राहत पाउन योग्य लाभग्राही देखिएमा सम्पूर्ण प्रक्रिया मिलाएर वडास्तरबाटै राहत रकम प्रदान गरिने उहाँले बताउनुभयो । जिल्लाको अन्य पालिकामा पनि निवेदन संकलन कार्य वडास्तरबाट भईरहेको जानकारी प्राप्त भएको छ ।
दोलखामा कोरोना प्रभावित ४ हजार आठ सयले राहत पाउने
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक १० मंसिर २०७८, शुक्रबार १५:१३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा कोरोना प्रभावित ४ हजार आठ सयले राहत पाउने"