दोलखामा कोभिसिल्ड लाएकालाई दोस्रो डोज एस्ट्राजेनेका दिइने

इश्वर बिश्वकर्मा
चरिकोट, साउन २८
दोलखामा गत वर्षको फागुन देखि चैत्र महिना सम्ममा जेष्ठ नागरिक सहित नौ हजार बढी नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाए । तर लामो समयको प्रतिक्षापछि उनीहरुले दोस्रो डोज लाउन पाउने भएका छन् । यद्यपी दोस्रो डोजको रुपमा कोभिसिल्डकाे विकल्पमा उस्तै प्रकृतिको एस्ट्राजेनेका नामक खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नौ हजार भन्दा बढी नागरिकलाई एस्ट्राजेनेका खोप प्रदान गरिने लक्ष्य रहेको छ । यसका लागि १० हजार डोज खोप जिल्लामा उपलब्ध भईसकेको छ ।
कोभिसिल्ड र एस्ट्राजेनेका एउटै प्रकृतिको खोप भएकोले कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई विकल्पमा एस्ट्राजेनेका खोप लगाइने बताइएको छ । बिना संकोच ढुक्क भएर दोस्रो डोज खोप लगाउन अनुरोध गरिएको छ ।
जिल्लामा २९ गतेदेखि भदौ २ गतेसम्म दोस्रो डोज खोप एस्ट्राजेनेका अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको गत सोमबार बसेको बैठकले जिल्लाको नौ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
विगु र गौरीशंकर गाउँपालिकामा २९ र ३० गते, भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा साउन ३२ र भदौ १ गते, शैलुङ, मेलुङ, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा भदौ १ र २ गते दोस्रो मात्राको खोप प्रदान गरिने बताइएको छ । पहिलो मात्रा लगाएकाहरुले खोप कार्डसहित दोस्रो मात्रा लगाउन आउनु पर्ने छ ।

Shares

Be the first to comment on "दोलखामा कोभिसिल्ड लाएकालाई दोस्रो डोज एस्ट्राजेनेका दिइने"

Leave a comment

Your email address will not be published.


*