दोलखामा बाली बीमाबारे किसान नै छैनन् जानकार

इश्वर बिश्वकर्मा ,चरिकोट  –दोलखामा व्यवसायिक पशुपालनमा किसानको आकर्षण बढेसँगै पशु बीमा गर्ने क्रम बढेको छ । तर बाली बीमाबारे किसानहरु जानकार छैनन् । बाली बीमा सम्बन्धमा सचेतना कार्यक्रम गर्न स्थानीय सरकार र कम्पनीले ध्यान नदिँदा अहिले सम्म एक जना किसानले पनि बाली बीमा गरेका छैनन् । जिल्लाका विभिन्न स्थानमा व्यवसायिक अन्नबाली र तरकारी खेती गरिएको छ । मिहिनेत गरी लगाएको त्यस्ता बाली बेलाबेलामा हुने क्षति हुने गरेको छ । तर बाली बीमा गरेमा क्षतिपूर्ति उपलब्ध हुन्छ, भन्ने कुरा जिल्लाका किसानलाई जानकारी छैन् ।

स्वयम किसानले चासो नदिनु, बीमा कम्पनी, स्थानीय सरकार र कृषि प्राविधिकले बाली बीमाको प्रक्रिया, महत्वसहितको जनचेतनाको कार्यक्रम नगर्दा बीमा बारे किसान अनविज्ञ रहेका छन् । बाली बीमा बारे शिक्षाको कमीले जिल्लामा बाली हुन नसकेको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड चरिकोटका प्रमुख पुरुषोत्तम थापाले बताए । “बाली बीमा नगरेका किसानले बर्षेनी हजारौंको क्षति व्यहोर्नु परेको छ ।“ उनले भने “ तर त्यस्ता किसानले क्षतिपूर्ति पाउदैनन् “ व्यवसायिक रुपमा कृषिमा लागेका किसानको ७५ प्रतिशत अनुदानमा बाली बीमा गर्ने सरकारको नीति रहेको छ । तर बाली बीमा सम्बन्धी आवश्यक शिक्षा र ज्ञानको अभावले गर्दा किसानको पहुँच र ध्यान पुग्न सकेको छैन् । कतिपय किसानलाई बीमा बारे जानकारी भए पनि बीमाको लागि प्रक्रिया पुरा गर्न झन्झट भएको बताएका छन् । झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको पनि उनिहरुले बताएका छन् । कृषिमा हुने नोक्सानीको क्षतिपूर्ति पाउन कतिपय किसानले धेरै संघर्ष गर्नुपरेकोले क्षतिपूर्ति प्राप्त गर्न सहज र सरल पहुँच दिलाउन माग गरेका छन् ।
कसरी गर्ने कृषि बीमा ?
बाली तथा पशुपन्छीको बीमा गर्नुपूर्व बीमा बारे किसान स्पष्ट हुनु जरुरी रहेको प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड चरिकोटका प्रमुख थापाले बताए ।. कृषि बीमा गर्न कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गई आफुले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनुपर्ने उनले बताए । उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली बीमा गरिदिन्छन् ।स्थानीय सरकार, कृषि सहकारी, कृषि प्राविधिक, बीमा कम्पनीले कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको खण्डमा बाली बीमामा किसानको पहुँच र आकर्षण बढन सक्ने सरोकारवाला बताउँछन् ।किराको प्रकोप, असिना, खडेरी, सुख्खा लगायतका कारण बीमा गरेको बाली क्षति भएमा सरकारले क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा बाली बीमाबारे किसान नै छैनन् जानकार"

Leave a comment

Your email address will not be published.


*