दोलखामा कार्यरत बस्नेत प्रदेशमै ‘सर्वाेत्कृष्ट प्रहरी’

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १०
दोलखामा कार्यरत प्रहरी हवल्दार यम कुमार बस्नेत बागमती प्रदेशमा ‘सर्वाेत्कृष्ट प्रदेश प्रहरी’ घोषित हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हवल्दार बस्नेतलाई फाल्गुन महिनाको ‘सर्वाेत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो । प्रहरी हवल्दार बस्नेत जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दोलखामा केही महिना यता कार्यरत हुनुहुन्थ्यो । बस्नेतले सम्पादन गर्नुभएको तीन वटा कार्यको उच्च मूल्याङ्कन गर्दै अन्य प्रहरी कर्मचारीहलाई समेत प्रोत्साहित गर्न सर्वाेत्कृष्ट प्रहरी घोषित गरिएको हो । बस्नेतले आफूलाई प्राप्त जिम्मेवारी ईमान्दारी पूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्नुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उहाँले फागून १३ गते जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ३ जलदेवी मन्दिर नजिकैको जंगलमा दुबै हात, खुट्टाहरु र अनुहारमा सेतो कपडाको टेपले बाँधिएर मृत अवस्थामा फेला परेका १६ वर्षीय साहिल तामाङको घटनामा संलग्न रहेका तीन जान बालकहरुलाई विषेश सूचना संकलन गरी पक्राउ गर्न सफल भएको, १४ गते बा ५ ख २४१२ नं. को ट्रकलाई सल्लाको तयारी खापा थान–३० सहित चालक र ट्रकलाई पक्राउ गरी कानूनी दायरमा ल्याउन सफल भएको र २५ गते ९६.३५० के.जी प्रतिबन्धित सुनाखरी नियन्त्रणमा लिन महत्वपूर्ण निर्वाह गरको भूमिकालाई मूल्याङ्कन गरी सर्वाेत्कृष्ट घोषणा गरिएको हो ।

Shares

Be the first to comment on "दोलखामा कार्यरत बस्नेत प्रदेशमै ‘सर्वाेत्कृष्ट प्रहरी’"

Leave a comment

Your email address will not be published.


*