दोलखामा कारखाना किट्स एन्ड विज्ञान किट्स प्रयोगात्मक तालिम सम्पन्न

बाबुराम शर्मा
चरिकोट, बैशाख १५
सदरमुकाम चरीकोटमा द एसिया फाउन्डेसनको सहयोग तथा भीमेश्वर नगरपालिका शिक्षा शाखाको संयोजनमा एक दिने कारखाना ( ईन्जिनियर र शिक्षकहरुको समूह ) स्टोरी किट्स एन्ड विज्ञान किट्स प्रयोगात्मक तालिम सम्पन्न भएको छ ।
स्थानीय स्रोत साधनको प्रयोग गरी क्रियाकलापको माध्यमबाट विद्यार्थीहरुलाई विज्ञान विषयको पढाइलाई सहज बनाउन यो तालिम प्रदान गरिएको भीमेश्वर नगरपालिकाका स्रोत व्यक्ति सुन्दर खडकाले जानकारी दिनु भयो ।  उहाँका अनुसार विज्ञान तथा वातावरण विषयमा भएका क्रियाकलापहरुलाई सिर्जनशील तथा रचनात्मक तरिकाले विद्यार्थी समक्ष विषय वस्तुको ज्ञान दिन सक्ने तुल्याउन यो तालिम प्रदान गरिएको हो । शिक्षक तथा विद्यार्थीलाई स्थानीय स्रोत साधनको सिपले आविष्कार कसरी हुन्छन् भन्ने ज्ञान दिन सक्ने बनाउनु पनि तालिमको उद्देश्य रहेको छ ।
प्रदर्शन तथा खेल विधिका माध्यमले विद्यार्थीहरुलाई वैज्ञानिक सिप प्रदान गर्नु पनि हो । स्रोत व्यक्ति खडकाले भन्नु भयो, नगरभित्रका विद्यालयका ४० जना शिक्षकहरु सहभागी रहेका थिए । यसको प्रशिक्षण समिर प्रसाई र भीष्म भट्टराईले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखामा कारखाना किट्स एन्ड विज्ञान किट्स प्रयोगात्मक तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*