दोलखामा करेन्ट लागेर एकको मृत्यु

दोलखा : फ्रिजमा जाेडेको करेन्ट सट भएर उत्तरी दोलखाको बाबरेमा एकजनाको मृत्यु भएको छ । आइतबार राति फ्रिजमा जोडेको करेन्ट लागेर कालिञ्चोक गाउँपालिका-२, बाबरेका २९ वर्षका मदन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । फ्रिजमा राखिएको मासु निकाल्ने क्रममा राति करिब साढे ११ बजे करेन्ट लागेको मृतकका पिता दलबहादुर थामीले बताए । मृतक थामीले मासुको व्यवसाय गर्ने गरेको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उपचारको लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बीच बाटोमै थामीको मृत्यु भएको परिवारले बताएका छन्

Shares

Be the first to comment on "दोलखामा करेन्ट लागेर एकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*