दोलखामा कक्षा १२ का विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिदै

राजकुमार भुजेल,दोलखा। दोलखामा कक्षा १२ का विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ। जि.पि. कोईराला फाउण्डेशन को आयोजना तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको १३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको त्यागी नेता भीम बहादुर तमाङको स्मृतिमा विद्यार्थीहरुलाई निशुल्क तयारी कोचिङ कक्षा संचालन हुन लागेको हो। आगामी चैत्र १६ गते देखि सदरमुकाम चरिकोटमा विद्यार्थीलाई तयारी कक्षा सञ्चालन गर्न लागेको छ । जि.पि. कोईराला फाउण्डेशन दोलखाले पहिलो पटक जिल्लामा आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ सञ्चालन गर्ने उदेश्यले कोचिङ कक्षा संञ्चालन गर्न लागेको फाउण्डेशन भीमेश्वरका अध्यक्ष राजन बस्नेतले बताए निःशुल्क कोचिङ कार्यक्रमले जिल्लाका सयौं विद्यार्थीलाई राहत मिल्ने अध्यक्ष बस्नेतको भनाई छ। कोचिङमा जिल्लाभरिका करिब एक सय भन्दा बढी विद्याथी सहभागी रहने आयोजकले अपेक्षा गरेका छन् । कोचिङ कक्षा मा अनिवार्य अंग्रेजी, एकाउन्ट,कम्प्युटर , ऐच्छिक गणित विषयका कक्षा सञ्चालन गर्न लागिएको हो । उक्त विषयहरू निरज आचार्य,नारायण रेग्मी,सौगात थापा ,राजेश बस्नेत,एकराज शिवाकोटी ले पढाउने छन्।कोचिङ कक्षा मा सहभागी भइ अध्ययन गर्ने चाहने विद्यार्थीहरुले फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ। कोचिङ कक्षा सञ्चालन को विषयमा बुझ्न चाहाने ले ९८६४००१९९५,९८४४४२८९३२,९८४३२१४६७७ मा सम्पर्क गर्न सक्नेछन्।

Shares

Be the first to comment on "दोलखामा कक्षा १२ का विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिदै"

Leave a comment

Your email address will not be published.


*