दोलखामा औद्योगिक प्रदर्शनी मेला हुँदै

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २६
दोलखा सदरमुकाम चरिकोटमा जिल्लास्तरीय औद्योगिक प्रदर्शनी मेला कार्यक्रम हुने भएको छ । उद्योगको प्रबद्र्धन तथा बजारीकरण गर्ने उद्धेश्य सहित घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा २८ र २९ गते कार्यक्रम हुन लागेको हो । कार्यालयका सूचना अधिकारी दिपक सिटौलाले औद्योगिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रममा जिल्लाका उद्यमीव्यवसायीहरुद्धारा उत्पादित कृषिजन्य, पशुजन्य, काष्ठजन्य सामग्री, हस्तकलाका सामग्रीका साथै विभिन्न औद्योगिक सामग्रीहरु प्रदर्शन हुने छ । घरेलु उद्योगबाट उत्पादित सामग्रीलाई जिल्लास्तरसम्ममा चिनाई बजारीकरण गर्ने उद्धेश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । जिल्लामा दर्ता सञ्चालनमा रहेका उद्योग सञ्चालकहरुले कार्यक्रममा सहभागी भई अद्यौगिक सामाग्रीहरु प्रदर्शन गर्न चाहेमा जेठ २७ गते दिउँसो तीन बजे भित्र कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । कार्यक्रममा करिब ६५ वटा स्टल रहने छ । कार्यक्रममा सहभागी उद्योगीहरुले आफ्ना औद्योगिक सामाग्रीहरु प्रदर्शन गर्नुका साथै बिक्रीवितरण गर्न सक्ने छन् । कार्यक्रममा सर्वोत्कृष्ट, उत्कृष्ट, सामान्य उत्कृष्ट उद्यमीलाई सम्मान गरिने सूचना अधिकारी सिटौलाले बताउनुभयो । उहाँका अनुसार मेला सफलताका लागि प्रचारप्रसार लगायतका आन्तरिक तयारीलाई व्यापक बनाइएको छ । “मेलाले जिल्लाको औगोगिक पर्यटनका साथै दोलखाकै विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” उहाँले भन्नुभयो “कार्यक्रम आयोजना हुन लागेको जानकारी सञ्चारमाध्यमबाट व्यापक पारिएको छ । उद्यमीहरुलाई सहभागी हुनको लागि निमन्त्रणा गरिएको छ ।” यो कार्यक्रम बैशाखमा गर्ने तय भएको थियो । तर स्थानीय तहको चुनावको कारण स्थगित गरिएको कार्यालय जनाएको छ । जिल्लामा २०७६ मंसिरमा पहिलो पटक औद्योगिक मेला आयोजना भएको थियो ।
Shares

Be the first to comment on "दोलखामा औद्योगिक प्रदर्शनी मेला हुँदै"

Leave a comment

Your email address will not be published.


*