दोलखामा एसइईमा ३ हजार विद्यार्थी सहभागी हुने

बाबुराम शर्मा (चरिकोट) –आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दोलखाबाट तीन हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । जिल्लामा यस वर्षको एसइई परीक्षामा तीन हजार १२४ जना विद्यार्थीहरु सहभागी हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शङकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै दुई हजार ८३९ जना, संस्थागत विद्यालयबाट २३८ जना र खुला विद्यालयतर्फ २१ जना र गे्रडवृद्धि २६ जना गरी तीन हजार १२४ जना विद्यार्थीहरु सहभागी हुने भए भएका हुन् । जिल्लामा परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । परीक्षमा सुरक्षाकर्मीबाहेक करिब तीन सय शिक्षक तथा कर्मचारीहरु रहने छन् । केन्द्राध्यक्ष १९, सहायक केन्द्राध्यक्ष २१, निरीक्षक १५६। परीक्षा सहायक ३१ र विद्यालय सहयोगी ६२ जना गरी कुल २८९ जना रहने व्यवस्था रहेको छ । निर्देशन अनुसार सम्बन्धित विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने छन् । उहाँले भन्नु भयो, केही दिनमै शिक्षा समितिको वैठक राखी केन्द्राध्यक्ष तोक्ने र उहाँहरुलाई तालिम समेत प्रदान गर्ने अन्तिम तयारी भइरहेको छ ।

Shares

Be the first to comment on "दोलखामा एसइईमा ३ हजार विद्यार्थी सहभागी हुने"

Leave a comment

Your email address will not be published.


*