दोलखामा एमआरपी राहदानी फाराम संकलन कार्य बन्द हुने

दीक्षण समाचार
चरिकोट, मंसिर ४
जिल्ला प्रशासन कार्यालय दोलखाले मंसिर ५ गतेबाट एमआरपी राहदानी फारम संकलन गर्ने कार्य बन्द गरेको भएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै कार्यालयबाट विद्युतीय राहदानी जारी नभएसम्मको लागि एमआरपी फारम संकलन बन्द गरिएको जनाएको हो ।
नेपालमा मंसिरदेखि विद्युतीय राहदानी जारी गर्ने कार्य सुभारम्भ भइसकेको छ । यसले सेवाग्राहीलाई राहदानी चाँडो लिनको सहज हुने अपेक्षा लिइएको छ । प्रशासन कार्यालयमा पनि यस्तो प्रकारको राहदानी जारी गर्नको लागि प्रत्यक्ष दर्ता प्रणाली जडान कार्य सुरु गरिने भएकोले एमआरपी फारम भने ५ गतदेखि संकलन नगरिने प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले बताउनुभयो । यस अघि प्राप्त भएका एमआरपीका पेण्डीङ फारमहरु समेत यथा समयमानै फछौंट गर्नुपर्ने अवस्था भएकोले राहदानी फारम संकलन नगरिने उहाँले बताउनुभयो । अति जरुरी भई दु्रत सेवा मार्फत हालको मेशिन रिडेबल राहदानी लिनै पर्ने अवस्थाका सेवाग्राहीहरुले कारण र सो को पुष्टी हुने प्रमाण सहित मात्र उक्त मेशिन रिडेवल राहदानी दु्रत सेवा मार्फत लिनका लागि कार्यालयमा निवेदन पेश गर्न सकिने छ ।


सेवाग्राहीहरुलाई विद्युतीय राहदानीको लागि राहदानी विभागको वेभसाईट मार्फत अनलाईन फारम भरी मिति र समय लिएर मात्र विभागमा दु्रतसेवाको लागि लाइभइन्रोल्मेन्ट गर्नु पर्ने व्यवस्था छ । यसरी प्रिईनोल्मेन्ट गरी मिति र समय लिएका सेवाग्राहीहरुलाई लाइन नबसी सहज र छिटो राहदानीको लागि निवेदन दिन सक्ने र निवेदन दिएको भोलिपल्ट राहदानी उपलब्ध हुने व्यवस्था गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा एमआरपी राहदानी फाराम संकलन कार्य बन्द हुने"

Leave a comment

Your email address will not be published.


*