दीक्षण समाचार
चरिकोट, बैशाख १३
दोलखामा एक हजार ४ सय २३ जनाले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन् । नौ वटै पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य पदमा मनोनयन पत्र दर्ता भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । निर्वाचन कार्य तालिका अनुसार आइतबार र सोमबार उम्मेद्वारी मनोनयन पत्र दर्ता गराउने कार्यक्रम रहेको थियो । कार्यालयले सोमबार प्रकाशन गरेको सूचि अनुसार अध्यक्ष वा प्रमुखमा पदमा ७७ र उपाध्यक्ष वा उपप्रमुख पदमा ४० जनाले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी वडाध्यक्षमा पदमा तीन सय ७७ जना, सदस्य चार सय ९०, महिला सदस्य दुई सय ३० र दलित महिलना सदस्य पदमा दुई सय ९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । पालिका प्रमुखका लागि विगु गाउँपालिकामा अन्य पालिकाको तुलनामा सबैभन्दा धेरे १२ जना र सबैभन्दा कम जिरी नगरपालिकामा ६ जनाले प्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् ।कालिञ्चोक गाउँपालिकामा अध्यक्ष पदका लागि १० जना, गौरीशंकर गाउँपालिकामा ८ जना, तामाकोशी गाउँपालिकामा ६, भीमेश्वर नगरपालिका ९ जना, मेलुङ गाउँपालिकामा ११, बैतेश्वर गाउँपालिकामा ९ र शैलुङ गाउँपालिकामा आठ जनाले अध्यक्ष वा प्रमुख पदमा उम्मेद्वारी दर्ता गरेका छन् । उपाध्यक्ष पदमा सबैभन्दा बढी भीमेश्वर नगरपालिका र मेलुङ गाउँपालिकामा ६–६ जना र सबैभन्दा कम कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका गौरीशंकर गाउँपालिकामा समान ३–३ जनाले मनोनयन दर्ता गरेका छन् । वडाध्यक्ष पदमा कालिञ्चोक गाउँपालिकामा ३७, गौरीशंकर गाउँपालिका ६१ जना, जिरी नगरपालिकामा ३५, तामाकोशी गाउँपालिका ४२, भीमेश्वर नगरपालिका ४१ जना, मेलुङ गाउँपालिकामा ४५ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी विगु गाउँपालिकामा ३७, बैतेश्वर गाउँपालिकामा ३७ जना र शैलुङ गाउँपालिकामा ४२ जनाले उम्मेद्वारी दिएका छन् ।
सदस्य पदमा उम्मेद्वार
वडा सदस्य पदमा कालिञ्चोक गाउँपालिकामा ५४, गौरीशंकर गाउँपालिकामा ५८, जिरी नगरपालिकामा ५२, तामाकोशी गाउँपालिकामा ५५, भीमेश्वर नगरपालिकामा ५९ जनाले मनोनयन पत्र दर्ता गरेका छन् । त्यसैगरी मेलुङ गाउँपालिकामा ५२, विगु गाउँपालिकामा ६०, बैतेश्वर गाउँपालिकामा ५२ र शैलुङ गाउँपालिकामा ४८ जनाले दर्ता गरेका छन् । त्यसैगरी महिला सदस्य पदमा कालिञ्चोक गाउँपालिकामा २३, गौरीशंकर गाउँपालिकामा २७ जना, जिरी नगरपालिकामा २६, तामाकोशी गाउँपालिकामा २० जना, भीमेश्वर नगरपालिकामा ३१ जना, मेलुङ गाउँपालिकामा २६, विगु गाउँपालिकामा ३० जना, बैतेश्वर गाउँपालिकामा २३ र शैलुङ गाउँपालिकामा २४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । त्यसैगरी दलित महिला सदस्यमा कालिञ्चोक गाउँपालिकामा २१, गौरीशंकर गाउँपालिकामा २६, जिरी नगरपालिकामा २२, भीमेश्वर नगरपालिकामा २४ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी मेलुङ गाउँपालिकामा २५, विगु गाउँपालिकामा २५, बैतेश्वर गाउँपालिकामा २४ र शैलुङ गाउँपालिकामा २० उम्मेद्वार मनोनयन दर्ता गराएका छन् । उल्लेखित विवरण एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणालीमा अनलाइन इन्ट्री कार्य सम्पन्न भई प्रमाणीकरण हुने क्रममा रहेको छ ।
Be the first to comment on "दोलखामा एक हजार भन्दा बढी उम्मेद्वारको मनोनयन पत्र दर्ता"