दोलखामा उम्मेद्वारविरुद्ध परेन उजुरी

दीक्षण समाचार
चरिकोट, बैशाख १४
स्थानीय तहको निर्वाचनका लागि अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरेका उम्मेद्वारविरुद्ध उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । बैशाख ११ र १२ गते निर्वाचन अधिकृतको कार्यालयमा गई एक हजार ४ सय २३ जनाले पालिका र वडाको विभिन्न पदमा उम्मेद्वार मनोनयन पत्र दर्ता गराएका थिए । ती उम्मेद्वारहरुमध्ये काेही अयोग्य भएको प्रमाणसहित उजुरी दिन १३ गते दाबी बिरोधको कार्यक्रम सञ्चालन भएको थियो । तर दोलखामा कुनै पनि उम्मेद्वारको बिरोधमा कोहीकसैले पनि उजुरी दर्ता गराएनन् । निर्वाचन कार्यक्रम कार्यतालिका अनुरुप १३ गते बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेद्वार विरुद्ध उजुरी दिने समय थियो । उक्त दिन निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ बमोजिम योग्य उम्मेद्वार नभएको प्रमाणसहित उम्मेद्वारको विरोधमा उजुरी गर्न सकिन्थ्यो । तर दोलखामा भने कुनै पनि उम्मेद्वारको बिरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख शकुन्तला राइले बताउनुभयो । जिल्लामा मनोनयनपत्र दर्ता गराएका उम्मेद्वारको नामावाली प्रकाशनमा ढिलाई भएको थियो । यसले गर्दा पनि छाेटाे समय भएकाेले उजुरी नपरेको हुन सक्ने उहाँको अनुमान छ । उहाँका अनुसार उजुरी परेको भए त्यसको जाँचबुझ १४ र १५ गते गर्ने कार्यक्रम थियो । तर अब कार्यकालिका अनुसार मनोनयन पत्र जाँच गर्ने मात्र कार्य हुने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिन्ह दिने छ । ३० गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा उम्मेद्वारविरुद्ध परेन उजुरी"

Leave a comment

Your email address will not be published.


*