दोलखामा आ. ब.०७६/०७७मा स्थानीय सरकारको २० करोड फ्रिज गयो

चरिकोट (दीस) – आर्थिक वर्ष २०७६÷७७ मा दोलखा जिल्लाका ७ वटा स्थानीय तहमा करिब २० करोड बजेट फ्रिज गएको छ ।जिल्लाका ७ ओटा स्थानीय तहको संघीय शसर्त अनुदान र बागमती प्रदेश सरकार शसर्त अनुदान गरी करिब २० करोड बजेट असार मसान्तमा फ्रिज गएको हो । ९ वटा स्थानीय तह रहेको दोलखाका ७ वटा स्थानीय तहले कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका अनुसार १९ करोड ८६ लाख ८४ हजार ६ सय ६१ रुपैयाँ बजेट फ्रिज गएको हो । ७ वटा स्थानीय तहहरुबाट संघीय अनुदानतर्फ १७ करोड १ लाख ३७ हजार एकसय ७५ र बागमती प्रदेश अनुदानतर्फ २ करोड ८५ लाख ४७ हजार चारसय ८६ रुपैयाँ बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) दोलखाका मुख्य कोष नियन्त्रक शिवनाथ पौडेले बताए ।संघीय अनुदान र बागमती प्रदेश सरकारको अनुदान गरी सबैभन्दा बढि बजेट फ्रिज मेलुङ गाउँपालिका र सबैभन्दा कम बजेट फ्रिज भएको भीमेश्वर नगरपालिका रहेको कोलेनिका दोलखाले जनाएको छ । मेलुङ गाउँपालिकाले संघीय अनुदान ५ करोड ९३ लाख १६ हजार ३१ र प्रदेश अनुदान ३८ लाख ६० हजार तीन सय ३७ गरी कूल ६ करोड ३१ लाख ७६ हजार ३ सय ६८ बजेट फ्रिज भएको छ । भीमेश्वर नगरपालिकाले संघीय अनुदान एक करोड १३ लाख ३७ हजार दुईसय ७४ र प्रदेश अनुदान २७ हजार चारसय १५ गरी कूल एककरोड १३ लाख ६४ हजार छसय ८९ रुपैयाँ फ्रिज गएको तथ्याङक छ । जिरी नगरपालिकाको संघीय र प्रदेश अनुदान गरी तीनकरोड पाँच लाख ३७ हजार पाँचसय ५१, विगु गाउँपालिकाको एक करोड २० लाख ३५ हजार तीनसय ६४, कालिञ्चोक गाउँपालिकाको दुई करोड ५२ लाख चारहजार ६०, बैत्यश्वर गाउँपालिकाको एक करोड ९९ लाख ५५ हजार ८१ र गौरीशंकर गाउँपालिकाको तीन करोड ६४ लाख ११ हजार पाँचसय ४७ रुपैयाँ बजेट फ्रिज गएको तथ्याङकमा उल्लेख छ ।

Shares