दोलखामा आयो पहिलो फुटसल

चरिकोट । दोलखामा ‘फुटसल’ सञ्चालनमा आएको छ । रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले  भीमेश्वर नगरपालिका ३ चरिकोट चरिघ्याङमा जिल्लामै पहिलो इन्डोर मैदानको रुपमा फुटसल सञ्चालनमा ल्याएको हो । करिब ५७ लाखको लगानीमा निर्मित फुटसलको भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले आइतबार उद्घघाटन गरे ।

उद्घघाटन कार्यक्रममा दोलखाका फुटबल संघका पदाधिकारी ,मेयर , पत्रकार समाजसेवीहरुले फुटसल खेलेर औपचारीक उद्घघाटन गरेका थिए ।  २५ मिटर लम्बाइ र १५ मिटर चौडाईको मैदानमा झण्डै १५ मिनेटसम्म खेल खेल्नुभएका मेयर केसीले फुटसलले दोलखाको खेलकुद विकासमा टेवा र्पुयाउने दावी गरे ।
उनले बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि समेत फुटसल भरपर्दो विकल्प रहेको बताए ।

Shares

Be the first to comment on "दोलखामा आयो पहिलो फुटसल"

Leave a comment

Your email address will not be published.


*