दीक्षण दैनिक
चरिकोट, बैशाख ३०
दोलखामा १२ जना व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दोलखाको आज आद्यवधिक तथ्याङ्क अनुसार शैलुङ गाउँपालिकाका ६ पुरुष र ४ महिला गरि १० जना र जिरी नगरपालिकाका १–१ महिला पुरुष गरी १२ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यसैबिच जिल्लामा आज ८३ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका कुल १ सय ९१ जनाको नमूना स्वाब चरिकोट अस्पतालमा पिसिआर परीक्षण गरिएकोमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढि तामाकोशी गाउँपालिकाका छन् । आज गाउँपालिकाकाका ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरि भीमेश्वर नगरपालिकाकाका १७ जना, शैलुङ गाउँपालिकाका २३ जना, मेलुङ गाउँपालिकाकाका ४ जना, विगु गाउँपालिकाका १ जना, गौरिशंकर गाउँपालिकाका २ जना, वैत्यश्वर गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय २७ पुगेको कार्यालय प्रमुख अर्जून पौडेलले बताए । आज संक्रमण पुष्टि भएका मध्ये ८२ जना होम आइसोलेसनमा र १ जना अस्पतालको आइसोलेसनमा बसेका छन् । हाल चरिकोट अस्पतालमा २३ जना उपचाररत छन् भने ५ जनालाई रिफर गरेको छ ।
Be the first to comment on "दोलखामा आज ः १२ जना निको भए, ८३ नयाँ संक्रमित थपिए"