दोलखामा आजबाट ५० वटा लामो दुरीको गाडी सञ्चालन हुने

चरिकोट (दीस) – सरकारले बिहीबार अर्थात असोज १ गतेदेखि लामोदूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै दोलखाका २ यातायात समितिद्वारा तत्कालका लागि ५० वटा गाडी सञ्चालन गर्ने भएका छन् । यात्रु सुरक्षाको न्यूनतम प्रवन्ध मिलाएर रोल्वालिङ र अरनिको यातायात समितिले तत्कालका लागि ५० वटा गाडी सञ्चालनमा ल्याउने जनाएका हुन् । असोज १ गते विश्वकर्मा पूजा पनि रहेको र लामो समयदेखि थन्किएर बसेको बसमा आंशिक मर्मत गर्नुपर्ने र यात्रुहरुको चापको आधारमा गाडी संख्या थप्दै जाने दुबै समितिको योजना छ ।
यात्रुलाई प्रत्येक पटक बसभित्र चढ्दा मास्कसहित अनिवार्य स्यानीटाइजर लगाइ तत्कालका लागि राजधानीबाट ५ वटा र जिल्लाबाट ५ वटा गाडी आवतजावत गराइने रोल्वालिङ यातायात समितिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । यात्रुको चापको आधारमा गाडी थप्दै जाने योजना रहेको अध्यक्ष आचार्यले बताए । तत्काललाई नियमित जसरी सवारी नचलाइने तर राजधानीबाट २० र चरिकोटबाट २० वटा गाडी आवतजावत गराइने अरनिको यातायातका चरिकोटस्थित कर्मचारी रविन चौलागाईले जानकारी दिए ।
१५ जना यात्रु हुने वित्तिकै गाडील गन्तव्यतर्फ पठाइने योजना रहेको उनले बताए ।रोल्वालिङ र अरनिको यातायातले बर्दिबास र काँकड भित्ताका लागि पनि बिहीबारबाट एक–एकवटा गाडी पठाउने तयारी गरेको जनाइको छ । सरकारले लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न र भाडा पनि ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय गरेको थियो ।

फुर्सद भए यो पनि हेर्नू होस ।

 

https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=492s

 

Shares

Be the first to comment on "दोलखामा आजबाट ५० वटा लामो दुरीको गाडी सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*