ईस्वर विक चरिकोट /केहि वर्ष अघि घरघरमा सुरक्षाका लागि भन्दै कुकुर पालिएको हुन्थ्यो । अनि घरको भित्तामा लेखिएको हुन्थ्यो ‘कुकुर देखि सावधान !’ अहिले पनि कुकुर पाल्ने चलन त कायमै छ । तर प्रविधीको विकास र विस्तार भएपछि नत कुकुर पाल्ने झन्झट, न त असुरक्षित हुने डर ! सिसी टिभी क्यामरा जडान ग¥यो । ढुक्क बन्यो । अहिले निजी घर होस् वा पसल, बैँक होस् वा सरकारी कार्यालय, सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको पाइन्छ । अनि लेखिएको हुन्छ ‘तपाई सिसी क्यामराको निगरानीमा हुनुहुन्छ !’ दोलखामा सरकारी कार्यालय सहित पसल, बैंक तथा वित्तीय संस्था, संघसंस्थाहरु हजारौँको संख्यामा सञ्चालनमा रहेका छन् ।
ति मध्ये कतिपयले सिसी टिभी क्यामरा जडान गरेका छन् । नेपाल सरकारको सिसी टिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ (संशोधित २०७५) अनुसूची १ अनुसार सिसी टिभी क्यामराको प्रयोजन, स्थान, जडान मिति, क्यामरा बनेको कम्पनी, मेगा पिक्सल, पिजीजेट, फिस्क, डाटा स्टोरेज क्षमता, अवधी र सिसी टिभी क्यामराको संख्या खुलाई जडानको लागि जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात सहित अनिवार्य जानकारी पत्र पेश गर्नुपर्ने प्रावधान रहेको छ । त्यसपछि कार्यविधि पुर्ण रुपमा पालना गर्ने सर्त सहित सिसी टिभी क्यामरा जडान गर्नुपर्ने हुन्छ । तर कार्यविधि लागु भएको ५ वर्षको अवधीमा जिल्लामा सिसी टिभी क्यामरा जडानको लागि प्रशासनमा जानकारी पत्र दिनेको संख्या अतिन्यून रहेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङक अनुसार हालसम्म १८ जनाले मात्र सिसी टिभी क्यामरा जडानको लागि जानकारी पत्र दिएका छन् । १८ मध्ये सबैभन्दा धेरै बैँक तथा वित्तीय संस्था रहेको र बाँकी विद्यालय, पसल रहेको कार्यालयका नायब सुब्बा नारायण प्रसाद सुवेदीले बताए । कार्यालय र घरमा अहिले सिसी क्यामरा जडान गर्ने कार्य बढ्दै गएको छ । सुरक्षाका दृष्टिकोणले यो अत्यन्तै राम्रो पक्ष हो । उनले भने तर प्रशासनलाई जानकारी नै नदिई कार्यविधि विपरित जडान र सञ्चालन गर्दा यो कार्य व्यवस्थित हुन सकेको छैन् । कार्यविधि निर्माण भई लागु भएको ५ वर्ष पुगे पनि जिल्लामा यसको पुर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन् ।
कार्यविधि अनुसार जिल्ला प्रशासन कार्यालयले कर्मचारी तथा प्रहरी परिचालन गरी सिसी टिभी क्यामरा जडान भएका स्थानहरुमा जडानका लागि अनुमति लिए÷नलिएको अनुगमन र नियमन गर्नुपर्ने व्यवस्था रहेको छ । तर जिल्ला प्रशासन कार्यालयले यसमा चासो नदिँदा आफुखुसी जथाभावी सिसी टिभी क्यामरा जडान गर्ने क्रम बढेको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले आवश्यक परेको खण्डमा अनुगमन गर्ने र कार्यविधि विपरित सिसी टिभी क्यामरा जडान गरेको पाइए कानुनी दायरामा ल्याइने बताए । कार्यालयमा कर्मचारीको अभाव छ, त्यसैले अनुगमन गर्न सकेका छैनौँ । तर पनि कोही कसैलाई सिसी टिभी क्यामराकै कारण समस्या उत्पन्न भई उजुरी गरेमा तत्काल अनुगमन गर्ने छौँ ।उनले भने कार्यविधि विपरित सिसी टिभी सञ्चालन गरेको पाइए कारबाही गर्छाैँ । सिसी टिभी क्यामरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ (संशोधित २०७५) मा सिसी टिभी क्यामराको प्रयोगलाई तिनन तहमा वर्गीकरण गरिएको छ । सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, व्यापारिक प्रयोजनका लागि प्रयोग हुने र निजी प्रयोजनका लागि प्रयोग हुने उल्लेख रहेको छ ।
Be the first to comment on "दोलखामा अनुमति बिना सिसी क्यामारा जडान"