दोलखामा अनुभव आदान प्रदान गर्दै जिसस उपप्रमुखहरु

दीक्षण समाचार
चरिकोट, फागुन २६
दोलखाको सदरमुकाम चरिकोटमा जिल्ला समन्वय समितिका उपप्रमुखको अनुभव तथा असल अभ्यास आदानप्रदान कार्यक्रम बुधबारबाट सुरु भएको छ । जिल्ला समन्वय समिति दोलखाको व्यवस्थापन, द एसिया फाउन्डेसनको सहकार्यमा जिल्ला समन्वय समिति महासंघको आयोजनामा २ दिने कार्यक्रम सुरु भएको हो । कार्यक्रममा १, २ र बागमती प्रदेशका जिल्ला समन्वय समितिका उपप्रमुखहरुको सहभागिता रहेको जिसस दोलखाले जनाएको छ । कार्यक्रम उद्धघाटन समारोहमा जिससले ऐन, कानुन र निर्देशिका अनुसार अनुगमन, मूल्यांकन र समन्वय गर्ने कामलाई थप प्रभावकारी बनाइनुपर्ने, उपप्रमुखको जिम्मेवारी तथा भूमिकालाई सशक्त र बलियो बनाइनुपर्ने वक्ताहरुको जोड थियो । कार्यक्रममा सहभागी जिसस उपप्रमुखलाई पुर्व प्रमुख सुचना आयुक्त कृष्ण हरि बाँस्कोटाले प्रशिक्षण दिईरहेका छन् । जिसस महासंघ नेपालका अध्यक्ष सीता कुमारी सुन्दासको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा जिसस दाेलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, पुर्व प्रमुख सुचना आयुक्त कृष्ण हरि बाँस्कोटा, दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, डियसपी भेषराज रिजालले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "दोलखामा अनुभव आदान प्रदान गर्दै जिसस उपप्रमुखहरु"

Leave a comment

Your email address will not be published.


*