दोलखामा अनुदान कै लागि खोलिएका उद्योग खारेज

दीक्षण समाचार ÷चरिकोट, –उद्योग स्थापनाको मुख्य उद्धेश्य औद्योगिक सामाग्री उत्पादन तथा रोजगारी वृद्धि हो । तर दोलखामा भने अनुदान पाउनकै लागि उद्योग दर्ता गर्र्नेे प्रवृत्ति मौलाएको पाइएको छ । कतिपयले पर्याप्त पुँजी, प्रविधि, जनशक्ति र मापदण्ड बिनै कागजी प्रमाणहरु देखाएर उद्योग दर्ता गर्ने र पहुँचको आधारमा सरकारबाट अनुदान पाउने गरेका छन् । तर उद्योग सञ्चालन र उत्पादन भने गर्ने गरेका छैनन् । जसले गर्दा जिल्लामा संख्यात्मक रुपमा उद्योग देखिने तर सञ्चालनमा भने कम उद्योग रहने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी दिपक सिटौलाले सरकारबाट अनुदान पाउन उद्योग खोल्ने प्रवृत्ति देखिएको बताउनु भयो । “जिल्लामा संख्यात्मक रुपमा उद्योग दर्ताको क्रम बढेको छ । तर दर्ता भएका सबै उद्योग मापदण्ड र उद्देश्य अनुसार सञ्चालन हुँदैनन् ।” उहाँले भन्नुभयो, “ती उद्योगहरु अनुदान पाउनकै लागि खोलिएका हुन्छन् । कतिले अनुदान पाएपछि उद्योग बन्द गर्छन्, कतिले अनुदान नपाएकोमा बन्द गर्छन् । उद्योगहरु व्यवसायिक र उत्पादनमुखी हुनुको सट्टा अनुदानमुखी हुँदै गएको पाइएको छ ।” उहाँका अनुसार जिल्लामा गत आव २०७८÷०७९ मा एक हजार ९९ वटा उद्योग दर्ता भएकोमा एक सय २० वटा उद्योग खारेज भएका छन् । अघिल्ला आर्थिक वर्षहरुमा पनि थुप्रै उद्योग खारेज भएका छन् । ती सबै उद्योगहरु स्वेच्छाले खारेज गरिएका हुन् ।
सूचना अधिकारी सिटौलाले कृषि तथा पशुजन्य उद्योगहरु बढी जसो खारेज भएको बताउनु भयो । सरकार र विभिन कार्यालयबाट अनुदान लिन कृषि उद्योग खोल्ने तर अनुदान पाएपछि बन्द गर्ने गरेको पाइएको उहाँले सुनाउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा अनुदान कै लागि खोलिएका उद्योग खारेज"

Leave a comment

Your email address will not be published.


*