दोलखामा अति आवस्यक काम बाहेक भोली देखी हिड्न नपाइने

चरिकोट (दीस) –दोलखामा अति आवस्यक काम बाहेक भोली देखी हिड्न नपाइने भएको छ । आज जिल्ला प्रशासन दोलखाको कार्यालयमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलको अध्यक्षतामा  बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दोलखालाई सेमि लक डाउन गर्ने निर्णय गरेसँगै काम बाहेक हिड्न प्रतिबन्ध गरिएको हो । ।सोमवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दैनिक उपभोग्य सामान, राहत उद्दार कार्यमा संलग्न यातायात, खाद्यान्न, किनारा, औषधि, पानी, पेट्रोल पम्प, तरकारी पसल, दुध डेरी, होटल बाहेक अन्य पसल, व्यवसाय, उद्योग बन्द गर्ने, दोलखा जिल्ला प्रवेश गर्ने रामेछापसंग को सिमाना किर्नेटार र सिन्धुपाल्चोक संगको खरीढुङ्गा नाकामा प्रहरी र स्वास्थ्यकर्मी सहितको टिमले कडाईका साथ चेकजाँचको व्यवस्था मिलाई अभिलेख तयार गरी अत्यावश्यक मानिसलाई मात्र प्रवेश गर्न दिने, सर्वसाधारण नागरिकलाई अत्यावश्यक उपचार बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन अनुरोध गर्ने र काम बाहेक सडकमा घुमफिर गर्ने, चोक बजारमा भिडभाड गरेमा प्रहरीले अनुगमन र चेकजाँच गरी नियन्त्रणमा लिने निर्णय गरेको छ ।त्यसैगरी बैठकले जिल्लामा रहेको केवलकार, सिनेमा हल, हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा अति आवस्यक काम बाहेक भोली देखी हिड्न नपाइने"

Leave a comment

Your email address will not be published.


*