दोलखाबाट ५ जना सडक मानवको उद्धार

चरिकोट, पुस १६–दोलखामा लामो समयदेखि सडकको जीवन व्यत्तित गरिहेका ५ जना व्यक्तिको उद्धार गरिएको छ ।
मानसिक सन्तुलन गुमाएका र बेसहारा भई सडकमा नै जीवन व्यत्तित गरिहेका ५ जना व्यक्तिलाई उद्धार गरि मानव कल्याण सेवा समाज भक्तपुरमा पठाइएको छ ।
जिरीको विभिन्न स्थानको सडकबाट पुस १२ गते ३ जना व्यक्तीहरुको उद्धार गरिएको थियो । बिहीबार चरिकोटबाट प्रेम कुसुले र अर्का एक व्यक्तीकोे उद्धार गरिएको उद्धारमा खटिएका बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौँडाका सहजकर्ता बद्री पौडेलले बताए । “ सडक पेटीमा रहनु भएका नाना, छाना र खाना सडकलाई नै बनाएर बसेका बेवारिसे व्यक्तीहरुको मानव कल्याण समाजले उद्धार गर्दै आएको छ र दोलखाकाका सडकमा बेवारिसे अवस्थामा रहेकाहरुको पनि उद्धार गरिएको हो ।” उनले भने । “अझै दोलखाकाको विभिन्न स्थानको सडकमा वेवारिसे अवस्थामा केही व्यक्तिहरु रहेका छन् । उनिहरुको पनि समाजले उद्धार गर्नेछ ।”

जिल्ला प्रसाशन कार्यालय दोलखा, सम्बन्धित स्थानीय तहको प्रतिनिधी, मानव अधिकारकर्मी,  सामाजिक अभियान्ता र प्रहरीको समन्वयमा सडकमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गरिएको उनले बताए । भक्तपुर जिल्लाको चाँगुनारायणमा मुख्य कार्यालय रहेको मानव कल्याण समाजले बागमती प्रदेश सरकारको समन्वय र सहकार्यमा साहराविहीन बनेका व्यक्तिको उद्धार, उपचार, पालनपोषणका साथै पारिवारिक मिलन पनि गराउने गरेको छ ।

तस्बिर – भरत  राेन श्रेष्ठ

Shares

Be the first to comment on "दोलखाबाट ५ जना सडक मानवको उद्धार"

Leave a comment

Your email address will not be published.


*