दोलखाको ९ वटै स्थानीय तहमा कांग्रेसको प्रदर्शन

इश्वर बिश्वकर्मा चरिकोट, माघ ३, दोलखाको ९ वटै स्थानीय तहमा नेपाली कांग्रेस दोलखाले विरोध प्रदर्शन गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट̭पति विद्यादेवि भण्डारीले प्रतिनिधी सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै दोलखा कांग्रेसले ९ वटै पालिकामा बिरोध प्रदर्शन गरेको हो । कांग्रेसले यस अघि पनि विभिन्न शैलीमा विरोध र शक्ति प्रदर्शन गरेको थियो । शनिबार जिल्लाको सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने सर्कुलर अनुरुप विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेस दोलखाले जनाएको छ । जिल्लाको लापिलाङमा नेपाली कांग्रेस गाउँपालिका कार्यसमिति कालिञ्चोक गाउँपालिकाको आयोजनामा विरोध जुलुस सहित बिरोध सभाको आयोजना गरिएको छ । विरोध जुलुसले लापिलाङ बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले संविधानको मर्म विपरित संसद विघटन गर्नु केपी ओलीको मुर्खता र दम्भता रहेको बताए । उनलाइ उनकै पार्टीबाट घेराबन्दीमा पारिँदा अन्य विकल्प प्रयोग नगरी संसद नै विघटन गरेर देशलाई हानी पु¥याउने काम गरेको बताए । गाउँपालिकाका कांग्रेस सभापति अर्जून प्रसाद शिवाकोटीको सभापतित्वमा भएको सभामा गोपीलाल थामी, सुरेन्द्र प्रधान, सन्तोष पाण्डे, नेपाली कांग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिका सचिव सरोज शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाको गुम्बा डाडाँमा विरोध सभा आयोजना गरिएको छ । उक्त सभालाई नेपाली कांग्रेस दोलखाका नेता केशव राज चौलागाईँले सम्बोधन गर्दै संसद विघटन गरेर संविधान सहित नेपाली जनताको मन मात्रै हैन, सिंगो देश नै चिरा पारेको बताए । यसका विरुद्ध शसक्त आन्दोलन गरिने समेत उनले सभामा बताएका थिए । सभामा जिल्लास्तरीय नेताका साथै गाउँपालिका स्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

भीमेश्वर नगरपालिकामा अन्तरक्रिया सहित बिराेध सभा

 भीमेश्वर नगरपालिकामा नेपाली कांग्रेस नगर कार्य समिति भीमेश्वर नगरपालिकाकाको आयोजनामा नारासहित जुलुस प्रदर्शन गरेको छ । कांग्रेस पार्टी कार्यालयबाट निकालिएको जुलुस बिचबजार, सातदोबाटो, कृषि बजार हुदैँ कालिञ्चोक मावि परिशमा आएर कोणसभामा परिणत भएको थियो । संसद विघटन सम्बन्धि जानकारीका साथै सम्भावित संघिय निर्वाचन र कांग्रेसकाे तयारी, भावी स्थानीय निर्वाचनको तयारी, क्रियाशिल सदस्यता वितरण तथा नविकरण लगायतको विषयमा अन्तरक्रिया समेत गरेको छ । नेपाली कांग्रेस नगर कार्य समिति भीमेश्वर नगरपालिकाका सभापति राजेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका नेता ईश्वर नारायण मान्नधरले प्रतिनिधी सभा विघटन विरुद्ध बिरोधका साथै अन्तरक्रियाबाट संगठनलाई समेत मजबुत बनाउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । अबको स्थानीय तहको चुनावमा बलियो मत ल्याउने गरि तयारीमा लाग्न समेत उनले नेता तथा कार्यकर्तालाई अनुरोध समेत गरेका छन् । उनले भने “ आगामी स्थानीय तहको निर्वाचनमा उच्चतम मतका साथ काँग्रेसले जित्छ । तर संगठनलाई बलियो र मजबुत बनाउनुपर्नेछ ।” नेपाली काँग्रेस दोलखाका सचिव सन्तोष रिमाल, कांग्रेस दोलखाका सहसचिव एवं भीमेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी राजन बस्नेतका साथै ९ वटै नगर वडा कार्य समितिका सभापतिहरुले मन्तव्य राखेका थिए ।  जिरी नगरपालिकामा पनि नेपाली कांग्रेस नगर कार्यसमिति जिरी नगरपालिकाले विरोध प्रदर्शन गरेको छ । जिरीको बसपार्कबाट सुरु भएको विरोध जुलुस बजार परिक्रमा गरि पुनः बसपार्कमा आएर कोण सभामा परिणत भएको थियो । नगर कार्यसमिति जिरी नगरपालिकाका सभापति सोनाम शेर्पाको सभापतित्वमा भएको सभामा कांग्रेस दोलखाका पुर्व सभापति देवी न्यौपाने, नेताहरु बर्मा लामा लगायतले संसद विघटन अलोकतान्त्रिक र संविधान विपरित रहेको भन्दै प्रधानमन्त्री ओलीको चर्काे विरोध गरेका थिए । यसैगरी नेपाली कांग्रेस गाउँ कार्यसमिति शैलुङ गाउँपालिकाको आयोजनामा बिरोध जुलुस प्रदर्शन गरिएको छ । पार्टी कार्यालय बाघखोर बसपार्कबाट सुरु भएको जुलुस लाम्चे आहाल हुदैँ पुनः बाघखोर बसपार्कमा पुगेर कोण सभा गरिएको थियो । नेपाली कांग्रेस गाउँ कार्यसमिति शैलुङ गाउँपालिकाका सभापति दावादोर्जे लामाको सभापतित्वमा भएको सभामा नेपाली कांग्रेस दोलखाका तारा बहादुर कोइराला, विनिता अधिकारी, चित्र बहादुर कार्की लगायतले सम्बोधन गरेका थिए । तामाकोसी गाउँपालिकाको जफे जामुनेमा रहेको पार्टी कार्यालयबाट गाउँ कार्यापालिका कार्यालयसम्म बिरोध जुलुस प्रदर्शन गरिएको थियो । भने नेपाली कांग्रेस गाउँकार्य समितिका सभापति नरहरी पुmँयालको सभापतित्वमा विरोध सभाको आयोजना गरिएको थियो । सभामा भीम खड्का, सिर्जना सुवेदी, भविन्द्र कार्की लगायतका काँग्रेसका नेताहरुले मन्तव्य राखेका थिए । त्यस्तै जिल्लाको बैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा पनि संसद विघटन विरुद्ध विरोध कांग्रेसले कार्यक्रम आयोजना गरेकाे थियाे। संसद विघटन भएको १ महिना पुग्नै लाग्दा विभिन्न पार्टीले दिन दिनै आन्दोलन  गरिहेका छन् । जसले कोरोना भाइरसको संक्रमण फैलावट हुने भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Shares

Be the first to comment on "दोलखाको ९ वटै स्थानीय तहमा कांग्रेसको प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*