चरिकोट (दोलखा) – दोलखाको सिंगटीमा रहेको प्रभु बैंक लिमिटेडले आफ्नो शाखामा एटीएम सेवा विस्तार गरेको छ। बुधबार कालिन्चोक गाउँपालिका–३, सिंगटीमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो। शाखा प्रबन्धक दीपेन्द्र खड्काका अनुसार, एटीएम सेवाले ग्राहकलाई सहज र छिटो कारोबार गर्न सकिने विश्वासका साथ यो सेवा विस्तार गरिएको हो।
कालिन्चोक गाउँपालिका–३ का वडाध्यक्ष दल बहादुर तामाङले उक्त एटीएम सेवाको उद्घाटन गर्नुभयो। उहाँले प्रभु बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकमा लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा विस्तार गरेको बताउनुभयो। यसले ग्राहकहरूलाई सहजता प्रदान गर्नुका साथै शाखाभित्रको भीडभाड कम गर्ने र समयको बचत गर्नेमा जोड दिनुभयो।
प्रभु बैंकले आगामी दिनमा स्थानीय क्षेत्रको आर्थिक विकासमा विशेष योगदान दिने कार्यक्रमहरू अघि बढाउने आशा व्यक्त गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरियो। एटीएम उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी र सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Be the first to comment on "दोलखाको सिंगटीमा प्रभु बैंकले ल्यायो एटिएम सेवा"