चरिकोट–दोलखाको विगु गाउँपालिका १ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका ३ का हिराप्रसाद मिजारको मृत्यु भएको शसस्त्र प्रहरी बलको लामावगर स्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेशका इन्चार्ज शसस्त्र प्रहरी निरिक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।
उक्त दुर्घटनामा २३ जना घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरिक्षक प्रदिप महतले जानकारी दिए । घाइतेको दोलखाको सिंगटी स्थीत रोलवालिङ अस्पतालमा उपचार भइराखेको उनले जानकारी दिए । घाइतेको विस्तृत विबरण आउने बाँकी रहेको पनि प्रहरी बताएको छ ।
बा ४ ख ४५७३ नम्बरको बस दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका कामदार लिएर गुडेको थियो ।
आज विहान छ्योत्छ्योत् स्थित चाईनिज क्याम्पवाट करिव ३० जना कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ति) मा दुर्घटना भएको थियो ।
Be the first to comment on "दोलखाको लामाबगरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु"