दोलखाको रिकु भिरबाट लडेर एक युवकको मृत्यु


दीक्षण समाचार
चरिकोट, असार १४
दोलखामा गोरेटो बाटो निर्माणको क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं. १ स्थित लामावगर–सिमीगाउँ जोड्ने बाटो निर्माणको क्रममा रिकु भिरबाट लडेर जाजरकोटका ३२ वर्षीय नवीन पुनको मृत्यु भएको हो । बाटो निर्माण गर्दै आउनुभएका जाजरकोटको छेदाघाट नगरपालिका वडा नंं १० का पुनलाई आइतबार साँभm लडेर मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पुनको शव सोमबार पोस्टमार्टमका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा ल्याइएको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दोलखाको रिकु भिरबाट लडेर एक युवकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*