दोलखाको मेलुङ गाउँपालिकामा महिला हिंसाविरुद्धको १६ दिवसिय अभियानमा र्‍याली

अर्जुन अपवाद –दोलखाको मेलुङ्ग गाउँपालिकामा महिला हिंसाविरुद्धको १६ दिवसको अभियानका अवसरमा आज र्‍याली गरिएको छ । गाउँपालिकाको २ नं. वडामा र्‍याली आयोजना गरिएको गाउँपालिकाका महिला विकास शाखा प्रमूख कला ठकुरीले जानकारी दिइन् ।

र्‍यालीका सहभागीहरुले महिला हिंसाविरुद्धका विभिन्न नारा लगाउँदै ढलेको बरदेखी बाँसबोटेसम्म यात्रा गरेका थिए । र्‍यालीपछि आयोजना भएको सभामा गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी, २ नं. वडाका वडाध्यक्ष जीतबहादुर भण्डारी, स्थानीय समाजसेवी टेकबहादुर न्यौपाने, सुआहारा कार्यक्रम दोलखाकी सामाजिक परिचालक सुनिता गोले लगायतले मन्तव्य राख्दै लैङ्गिक हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहेको थियो । पालिकाले अन्य वडाहरुमा पनि अभियानका क्रममा कार्यक्रम गर्ने तयारी गरेको पालिकाका महिला विकास शाखा प्रमूख कला ठकुरीले बताइन् ।

Shares

Be the first to comment on "दोलखाको मेलुङ गाउँपालिकामा महिला हिंसाविरुद्धको १६ दिवसिय अभियानमा र्‍याली"

Leave a comment

Your email address will not be published.


*