दोलखाको मतगणना साँझ ५ बजेबाट

चरिकोट–दोलखामा जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सो कुराको जानकारी दिएको हो ।दोलखा सहित ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो ।मतगणनाको लागि आचारसंहिता निर्माण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले बिहीबार बिहान सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेको थियो । यसअघि नेपाली काङगेस दोलखाले उजुरी दिएका ठाँउमा छानबिन नभएसम्म मतगणना नबस्ने जनाएको भए पनि त्यसको उजूरीबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले निर्वाचन आयोगमा पठाएको र आयोगको निर्णयआए पछि मतगणना गर्न कांङग्रेस दोलखा सहमत भएको छ ।

 

Shares

Be the first to comment on "दोलखाको मतगणना साँझ ५ बजेबाट"

Leave a comment

Your email address will not be published.


*