दोलखाको तामाकोशी गाउँपालिकामा एक मृत फेला

चरिकोट (दीस) –दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ ढोली खोला नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । भिरकोटका स्थानीय माझिगाउँका ३५ वर्षिय राजकुमार माझीको शव फेला परेको हो । आइतबार अपरान्ह १२ बजे तिर नुहाउन भनि तामाकोशी नदिमा घरबाट निस्केका माझी राति सम्म घर नफर्के पछि परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरी, आफन्त र स्थानीयवासीले तामाकोशी नदि आसपास खोजी गर्ने क्रममा ढोली खोला नजिकै राति करिव ९ बजे शव भेटिएको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "दोलखाको तामाकोशी गाउँपालिकामा एक मृत फेला"

Leave a comment

Your email address will not be published.


*